पाथीभरा क्याम्पसमा नेविसंघको संकायगत समिति गठन

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघघ (नेविसंघ) को संकायगत इकाइ समिति गठन भएको छ । पाथीभरा बहुमुखी क्याम्पसमा अध्यनरत नेविसंघ आवद्ध विद्यार्थीको शुक्रबार सम्पन्न भेलाले संकायगत दुईवटा इकाइ समिति गठन गरेको हो ।
नेविसंघका जिल्ला सभापति लोकेश लङ्वाका अनुसार पाथीभरा बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायतर्फको छुट्टाछुट्टै इकाइ समिति गठन गरिएको हो । शिक्षा शास्त्र संकायतर्फ मुना दाहाल अध्यक्ष रहेको ५१ सदस्यीय र व्यवस्थापनतर्फ रिचर्ड राई अध्यक्ष रहेको २१ सदस्यीय नेविसंघको इकाइ समिति चयन भएको लङ्वाले जानकारी दिनुभयो ।
नेविसंघका जिल्ला सभापति लङ्वासहितका पदाधिकारी, पाथीभरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति अर्जुन खिम्दिङ लिम्बू लगायतको उपस्थितिमा नेविसंघको संकायगत इकाइ समिति गठन गरिएको बताइएको छ । नेविसंघ सत्ताघटक दल नेपाली काँग्रेससम्वद्ध विद्यार्थी संगठन हो ।