१६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सिदिङ्वामा हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १ । १६ औं ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिले मैवाखोला गाउँपालिकामा सञ्चालित १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापनसंगै १६ औं राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिताको जिम्मेवारी सिदिङ्वा गाउँपालिकालाई हस्तान्तरण गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लिम्बूले सिदिङ्वा गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखालाई झण्डा हस्तान्तरण गर्नु भएको छ ।

जिल्ला खेलकुद विकास समितिले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लाका प्रत्येक स्थानीय तहमा आयोजना हुनेगरी हरेकबर्ष फरक–फरक पालिकामा सञ्चालन गर्ने योजना बनाएको छ । सदरमुकाममा मात्र यस्ता प्रतियोगिता केन्द्रित हुँदा सहभागी खेलाडी नयाँ स्थानको अनुभव लिनबाट बञ्चित हुने देखेर खेलकुदका माध्यमबाट ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने हिसावले यस्ता प्रतियोगिता सदरमुकाम भन्दा बाहिर गर्न थालिएको मावोले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिले जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड सिरिजङ्गा गाउँपालिकामा र १४ औं आठराई त्रिबेणी गाउँपालिकामा सञ्चालन गरेको थियो । १५ औं राष्ट्रपति रनिङ शिल्ड मैवाखोला गाउँपालिकामा सम्पन्न भएको छ । १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आयोजक मैवाखोला विजेता भन्दा आठराई त्रिबेणी उपविजेता भएको छ भने फुङलिङ नगरपालिका तेस्रो भएको छ । प्रतियोगितामा यहाँका ९ वटै स्थानीय तहका करिव ७ सय बिद्यार्थीले स्पर्धा गरेका थिए । ६६ स्वर्ण,६६ रजत र ७० कास्य गरी कुल २ सय २ पदकका लागि स्पर्धा भएको थियो ।

 

Similar Posts