फुनपा–४ मा ५ दिने उद्घोषणकला तालिम सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २६ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ताप्लेजुङको आयोजनामा सञ्चालित ५ दिने उद्घोषणकला सम्वन्धी तालिम शनिवार फुङलिङ नगरपालिका वडा नं ४ मा सकिएको छ ।

फुङलिङ नगरपालिका वडा नं ४ को वित्तीय व्यवस्थापनमा लैङ्गिक समानता तथा समावेशीकरण कार्यक्रम अन्तरगत सञ्चालित तालिममा २० जना सहभागी हुनुहुन्थ्यो । रेडियो ताप्लेजुङका समाचार प्रमुख किरण गदाइलीले तालिमको सहजीकरण गर्नु भएको तालिम संयोजक दीपेश सुनामले जानकारी दिनुभयो । समापन कार्यक्रममा फुङलिङ नगर कार्यपालिका सदस्य भीमकला दर्जी, नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ केन्द्रीय सदस्य नरजुङ सुनाम, पाथीभरा सुनचाँदी व्यवसायिक कला सङ्घ ताप्लेजुङका अध्यक्ष गंगाराम शंकर,फुङलिङ नगरपालिका वडा नं ४ का वडा सदस्य रीता दर्नाल,फुङलिङ नगरपालिका वडा नं ६ का वडासचिव रनकुमार विक सहितको उपस्थिति रहेको थियो ।

तालिम अवधिभरको उत्कृष्ट प्रशिक्षार्थीको रुपमा आयोजकबाट अम्बिका तिखत्रीले विशेष पुरस्कार प्राप्त गर्नु भएको थियो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष प्रेम सुनामको अध्यक्षतामा भएको समापन समारोहमा बोल्ने अधिकाँस बक्ताले छोटो समयकै ताािलम अवधिमा पनि सहभागीमा बृद्धि भएको वाककलाले तालिम उपलब्धीमुलक भएको बताउनु भएको थियो । तालिमबाट सिकेको सीपलाई प्रयोगले व्यवहारिक बनाउनुपर्नेमा अधिकाँस बक्ताको जोड रहेको थियो ।

Similar Posts