प्रहरी नियन्त्रणमा रहनु भएका मादेन सहित तीनजना रिहा

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २३ । प्रहरी नियन्त्रणमा रहेका पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन(नानी)सहित तीनजना बुधवार रिहा हुनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले तीनैजनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई रिहा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मादेन १० हजार रुपैयाँ धरौटीमा छुट्नु भएको छ । यस्तै सिदिङ्वा गाउँपालिका वडा नं ५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा छुट्नु भएको छ ।

गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको घटना पछि प्रहरीले अनुसन्धानका लागि भन्दै तीनजनालाई नियन्त्रणमा लिएको थियो । उक्त घटना पछि आन्दोलनरत पक्ष र सरकारबिच मंगलवार राति भएको बार्तामा पक्राउ परेका आन्दोलरत पक्षका कार्यकर्तालाई रिहाई गर्ने सहमति थियो ।

Similar Posts