चालु आवमा ताप्लेजुङ प्रहरीद्धारा ३ थान हतियार बरामद

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २३ । चालु आर्थिक बर्षमा ताप्लेजुङ प्रहरीले ३ थान अबैध हतियार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)रवि रावलले चालु आवको अहिले सम्मको अवधिमा ३ थान अबैध हतियार बरामद भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा अटोमेटिलक पेस्तोल १ थान र भरुवा बन्दुक दुईनाल बरामद गरिएको छ । सो क्रममा ४ जना मानिसलाई पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ ।
आर्थिक बर्ष २०८०।८१ मा भने प्रहरीले ५ नाल भरुवा बन्दुक बरामद गरेको थियो । आव २०७९।८० मा ४ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले सो घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको थियो । अबैध हतियार नियन्त्रणका लागि प्रहरीले सर्च अभियान समेत चलाउँदै आइरहेको जनाएको छ ।