पाथीभरा याङवरकले निःशुल्क रुपमा लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २१ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले योग्यता भित्र परेका पालिकाका नागरिकलाई निःशुल्क रुपमा लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी सम्वन्धी तालिम दिने भएको
छ । लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी गरिरहेकाहरुलाई परीक्षामा सक्रियतापूर्वक तयारी गराउने तथा सरकारी सेवा प्रवेशप्रति सकारात्मक भावना अभिबृद्धि गराउने उद्देश्यले तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार पालिकाका स्थायी बासिन्दा र कम्तिमा एसईई वा एसएलसी वा सो सरहको योग्यता भएका व्यक्तिले तालिम प्राप्तिका लागि आबेदन दिन पाउने भएका छन् ।
आबेदकको उमेरहद समेत निर्धारण गरिएको छ । जसअनुसार पुरुषको हकमा १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेको हुनुपर्ने छ । तर, महिला र अपाङ्गता भएका व्यक्तिको हकमा आबेदकको उमेर ४० बर्ष ननाघेको हुनुपर्ने समेत गाउँपालिकाले जनाएको छ । आबेदकले आबेदन फारमका साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि,शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको एकप्रति फोटो समेत संलग्न गर्नुपर्ने पालिकाले जनाएको छ ।