पाँचौं मुन्धुङ्गे कप अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनलाई

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १९ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङमा आयोजित पाँचौं मुन्धुङ्गे कप अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनले जितेको छ ।

पाथीभरा याङवरक गाउँपालिका वडा नं ६ को थुम्बेदिन पहिलो हुँदा मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङको हिमाली तोक्पेगोला भलिबल टिम दोस्रो भएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार प्रतियोगितामा मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुको टोली तेस्रो भएको छ ।

बिजेता थुम्बेदिनको टिमले तीनवर्षे रनिङ कप,मेडल र प्रमाणपत्र सहित नगद १ लाख ३१ हजार रुपैयाँ पाएको छ । द्धित्तीय हुने टिमले नगद ८१ हजार रुपैँया सहित कप,मेडल र प्रमाणपत्र पाउँदा तृतीय हुनेले मेडल,प्रमाणपत्र सहित नगद ३१ हजार रुपैयाँ प्राप्त गरेको मुन्धुङ्गे संरक्षण तथा हाट बजार व्यवस्थापन समिति अध्यक्ष धिरेन लिम्बूले जानकारी दिनुभयो । खेल संयोजक राजन कार्कीका अनुसार भलिबल प्रतियोगिता सँगै डोरी तान्ने र छेलो हान्ने प्रतियोगितासमेत सञ्चालन भएका थिए ।

मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा मिक्वाखोला गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मचिन्द्र लिम्बू,पूर्व वडाध्यक्ष दीपेन्द्र लिवाङ,मिक्वाखोला गाउँपालिकाका कार्यपालिका सदस्य,वडा सदस्य र स्थानीय खेलप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो ।

Similar Posts