सरस्वती च्यारिबुक मावि लेलेपमा स्थानीय दुई शिक्षासेवीद्धारा २ लाख ५० हजारको अक्षयकोष स्थापना

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपस्थित सरस्वती च्यारिबुक माविमा बिहीबार २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

सरस्वती च्यारिबुक माविका शिक्षक देउकुमार लिम्बूका अनुसार सो माविमा स्थानीय दुई समाजसेवीले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिनु भएको हो । लिम्बूका अनुसार सो माविका संस्थापक डने शेर्पाले १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ । उहाँ तत्कालिन लेलेप गाउँ पञ्चायतका प्रधानपञ्च समेत हुनुहुन्छ । यस्तै सोहि बिद्यालयका बिद्यालय व्यवस्थापन समिति सदस्य फुपुडोमा शेर्पाले १ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ ।

दुबै अक्षयकोषदाताले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोवाङडोमा शेर्पालाई अक्षयकोष रकम हस्तान्तरण गर्नु भएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष पेम्बाटाँसी शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेलेपस्थित बिभिन्न बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी,प्रधानाध्यापक,स्थानीय व्यत्तित्व र शिक्षक तथा अभिभावकहरुको समेत उपस्थिति रहेको लेलेप पुग्नु भएका पत्रकार दिलकुमार लिम्बूले जानकारी दिनुभयो ।

 

Similar Posts