आठराई त्रिबेणी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा चाँगे मावि बन्यो च्याम्पियन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २९ । आठराई त्रिबेणी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा चाँगे मावि च्याम्पिन भएको छ ।

२६ स्वर्ण र ९ रजत सहित ३५ पदक सहित चाँगे मावि पहिलो हुँदा २० स्वर्ण र १३ रजतका साथ ३३ पदक प्राप्त गरेको सरस्वती नमूना मावि हाङपाङ दोस्रो भयो । प्रतियोगितामा ७ स्वर्ण र १७ रजतका साथ २४ पदक प्राप्त गरेका दुर्गा मावि फुलवारी तेस्रो भएको छ । ५–५ स्वर्ण र ७–७ रजत गरी समान १२ पदक प्राप्त गरेका परमसिंहदेवी मावि निघुरादिन र छातेढुङ्गा मावि चौथो भएका आठराई त्रिबेणी गाउँपालिकाको सामाजिक विकास समिति संयोजक एवम् पालिकाको वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङले जानकारी दिनुभयो ।

२ स्वर्ण र ६ रजत गरी ८ पदक सहित गुप्तेश्वर मावि पाँचौं तथा १ स्वर्ण तथा ७ रजत सहित समान ८ पदकका साथ रमिते मावि फुलवारी छैटौं भएको छ । उपाधि जित्ने बिद्यालय तथा खेलाडीहरुलाई पालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमू,उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ,पालिकाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,गाउँ शिक्षा समितिका सदस्यहरुले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

Similar Posts