जन्मदिन र पुण्यतिथीको अवसर पारेर शैक्षिक सामग्री प्रदान

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २९ । सञ्चारकर्मी बिक्रम लामगादेको जन्मदिन तथा सामाजिक व्यत्तित्व रामचन्द्र पराजुलीकोपुण्यतिथीको अवसर पारेर ताप्लेजुङको फुङलिङस्थित बालमन्दिर आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

लामगादेको मंगलवार जन्मदिन भएपनि उक्तदिन सार्वजनिक बिदा भएकोले सोमवारै बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । लामगादे रेडियो तमोरमा कार्यरत हुनुहुन्छ । यता फुङलिङ नगरपालिका वडा नं ४ निवासी व्यवसायी तथा सामाजिक व्यत्तित्व पराजुलीको ८ औं बार्षिक पुण्यतिथीको अवसरमा सोहि बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

पराजुलीकी श्रीमति कविता पराजुली तथा छोरा र बुहारीको उपस्थितिमा बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको बिद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी सहितको उपस्थिति रहेको थियो ।

 

 

Similar Posts