|

माघ मसान्त सम्ममा नविकरणमा नआएका खेल संस्था तथा क्लवहरु स्वतःखारेज हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २८ । माघ मसान्त सम्ममा नविकरण नहुने खेल संस्था तथा क्लवहरुलाई जिल्ला खेलकुद विकास समितिले खारेज गर्ने भएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लिम्बूका अनुसार खेल संस्था तथा क्लवहरुलाई नविकरणका लागि २०८१ साल माघ मसान्त सम्मको समयावधि दिईएको हो । उक्त अवधिमा नविकरणमा नआएका खेल संस्था तथा क्लवहरु प्रदेश खेलकुद ऐन २०७६ को नविकरण सम्वन्धी व्यवस्था अनुसार स्वतःखारेजमा जाने जिल्ला खेलकुद विकास समिति अध्यक्ष मावोले जानकारी दिनुभयो । गत पुस ४ गते देखि खेल संघसंस्था तथा क्लवहरुको दर्ता नविकरण सञ्चालन तथा व्यवस्थापन सम्वन्धी मार्गदर्शन २०८१ लागु भइसकेको समेत जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

कोशी प्रदेश खेलकुद ऐन २०७६ को दफा ४१ मा खेल संघ तथा संस्था(क्लव)हरुको दर्ता तथा नकिवरण सम्वन्धी व्यवस्था रहेको छ । खेलसंघसंस्थाहरु क्लवहरु अनिवार्य रुपमा दर्तामा जानुपर्ने बताउँदै जिल्ला खेलकुद विकास समितिले सोका लागि दर्ता प्रकृया खुल्ला भएको समेत जनाएको छ ।

 

Similar Posts