फक्ताङलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड : १० स्वर्ण सहित सेवालुङ मावि पहिलो
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २८ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सेवालुङ मावि इखाबुले हात पारेको छ ।
१० स्वर्ण,२ रजत र ३ कास्य सहित १५ पदकका साथ सेवालुङले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम स्थान हासिल गरेको हो । सुनदेवी मावि इखाबु ५ स्वर्ण,४ रजत र ५ कास्य सहित १४ पदकका साथ दोस्रो हुँदा पार्वती मावि तापेथोक ४ स्वर्ण,७ रजत र १ कास्य सहित १२ पदकका साथ तेस्रो भएको गाउँपालिकाले जनाएको छ ।
सरस्वती मावि तापेथोक ३ स्वर्ण,४ रजत र ५ कास्य सहित १२ पदकका साथ चौथो हुँदा ३ स्वर्ण र १ रजत गरी ४ पदकका साथ पाँचौं स्थानमा रहयो । २ स्वर्ण,५ रजत र ५ कास्य सहित १२ पदकका साथ रविकला मावि सावादिन छैटौं र १ स्वर्ण तथा ४ कास्य सहित ५ पदकका साथ आर्दश मावि खेजेनिम सातौं भए । स्वर्ण र रजतविहिन खेजेनिम माविले २ कास्य पदक प्राप्त गरेको छ ।