ताप्लेजुङ र पाँचथरका सुरक्षा अधिकारीहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक कावेलीमा सम्पन्न
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २५ । ताप्लेजुङ र पाँचथरका सुरक्षा अधिकारीहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक अपराध नियन्त्रण देखि विपद् व्यवस्थापन सम्मका बिषयमा सहकार्य गर्ने निश्कर्षमा सकिएको छ ।
बिहीबार ताप्लेजुङ–पाँचथर सीमा क्षेत्र कावेलीमा भएको दुई जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकले सुरक्षा समन्वय,अपराध नियन्त्रण,लागु औषध नियन्त्रण,विपद् व्यवस्थापन सहितका बिषयमा दुई जिल्लाका सुरक्षा अधिकारीबिच समन्वयात्मक सम्वन्ध स्थापित गर्ने निर्णय लिएको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र पाँचथरका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोईरालाको नेतृत्वमा सहभागी अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा दुबै जिल्लाका नेपाली सेनाका गण तथा गुल्मका प्रमुख,जिल्ला प्रहरी प्रमुख,सशस्त्र प्रहरी वलका जिल्लास्थित गुल्म प्रमुख र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृतहरु सहभागी हुनुहुन्थ्यो ।