ताप्लेजुङमा ब्रेथलाइजरद्धारा सवारी चालकको परीक्षण सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २५ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन प्रयोग गरिने ब्रेथलाइजर मेसिनद्धारा सवारी चालकको परीक्षण सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरुलाई ब्रेथलाइजर मेसिनद्धारा मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गर्न सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)रवि रावलले ब्रेथलाइजर मेसिनद्धारा सवारी चालकहरुले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन थालिएको जानकारी दिनुभयो ।

सवारी चालक र पाथीभरा मन्दिर क्षेत्रमा कार्यरत तीर्थालु सहयोगी(भरिया)हरुले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन प्रयोग गर्नेगरी केहिदिन अघिमात्र पाथीभरा क्षेत्र विकास समितिले जिल्ला प्रहरी कार्यालयलाई दुईथान अत्याधुनिक ब्रेथलाइजर मेसिन उपलब्ध गराएको थियो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले दुईथान ब्रेथलाइजर मेसिन जिल्ला प्रहरी प्रमुख रावललाई हस्तान्तरण गर्नु भएको थियो ।

एकथान जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई र एकथान पाथीभरा क्षेत्रमा रहेको पर्यटन प्रहरी केन्द्र मातहत रहने गरी प्रयोग गर्न थालिएको छ । पाथीभरा मन्दिर क्षेत्रका तीर्थालु सहयोगी समेत चालकले कार्यस्थलमा खटिँदा मदिरा सेवन गरे नगरेको पत्ता लगाउन बेथ्र लाइजर मेसिनको प्रयोग गरिने छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला भित्रने तथा बाहिरिने सवारी चालकले मदिरा सेवन गरी सवारी चलाएको नचलाएको भन्ने यकिन गर्न बे्रथलाइजर मेसिनको प्रयोग गर्न थालेको हो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts