सट्टा शिक्षक राख्ने बिद्यालय र सम्वन्धित शिक्षकलाई कारवाही गर्न राश्वपा ताप्लेजुङको माग
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २५ । राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले सट्टा शिक्षक र सट्टा शिक्षक राख्ने बिद्यालयलाई कारवाही गर्न माग गरेको छ । उसले सट्टा शिक्षकलाई ‘खेताला शिक्षक’को संज्ञा दिदैं यस्तो कार्य तत्काल उन्मुलन गर्न शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङको ध्यानाकर्षण गरेको छ ।
राश्वपा ताप्लेजुङकातर्फबाट सभापति वीरेन्द्र श्रेष्ठले शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङलाई ध्यानार्कषण पत्र बुझाउँदै ‘खेताला शिक्षक’ राख्ने प्रवृत्तिको अन्त्य गरी शिक्षालाई गुणस्तरीय बनाउन अतिशीघ्र पहलकदमी लिन आग्रह गर्नु भएको छ । राश्वपाले जिल्लामा कुन कुन बिद्यालयमा कुन कुन शिक्षकबाट यस्तो कार्य भइरहेको हो,सहयोगी भूमिका कुन प्रधानाध्यापक संलग्न छन् भन्ने बिषयको जाँचबुझ गरी यस्तो कार्यमा संलग्नहरुलाई कारवाहीको दाहेरामा ल्याउन समेत माग गरेको छ ।
राश्वपाले राज्यमार्फत शिक्षामा स्पष्ट वर्गिकरण गरी विपन्न र सम्पन्नका बिद्यार्थीले पढ्ने बिद्यालय,पुस्तक र वातावरण समेतमा विेभद गरेको आरोप समेत लगाएको छ । राश्वपता ताप्लेजुङले सट्टा शिक्षकका सम्वन्धमा भइरहेको यस्तो गलत कार्य पत्ता लगाई कारवाही प्रकृया अघि बढाउन र समस्या निराकरणका लागि सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालयलाई र आ–आफ्नो पालिका भित्रका बिद्यालयहरुमा भइरहेको सट्टा शिक्षक राख्ने प्रवृत्तिको गहिरो अध्ययन गरी यस्तो प्रवृत्ति हटाउने कार्यमा सहयोग गरिदिन यहाँका ९ वटै स्थानीय तहहरुमा समेत बोधार्थ दिएको जनाएको छ ।