ताप्लेजुङका लागि आयो दुईथान ब्रेथलाईजर,सदरमुकाम र पाथीभरा क्षेत्रमा एक–एकथान प्रयोगमा ल्याइने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २४ । अब ताप्लेजुङमा सवारी चालकले मादक पदार्थको सेवन गरे नगरेको पत्ता लगाउन ब्रेथलाइजर मेसिनको प्रयोग गरिने भएको छ ।

सवारी चालक र पाथीभरा मन्दिर क्षेत्रमा कार्यरत तीर्थालु सहयोगी(भरिया)हरुले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन ब्रेथलाइजर मेसिनको प्रयोग गरिने जिल्ला प्रहरी कार्यालययले जनाएको छ । जिल्ला प्रहरी प्रमुख(डिएसपी)रवि रावलका अनुसार पाथीभरा क्षेत्र विकास समितिले दुईथान अत्याधुनिक ब्रेथलाइजर मेसिन उपलब्ध गराएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले दुईथान ब्रेथलाइजर मेसिन जिल्ला प्रहरी प्रमुख रावललाई हस्तान्तरण गर्नु भएको छ ।

रावलका अनुसार एकथान बेथ्रलाइजर जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ भने एकथान मेसिन पाथीभरा क्षेत्रमा रहेको पर्यटन प्रहरी केन्द्र मातहत रहने छ । पाथीभरा मन्दिर क्षेत्रका तीर्थालु सहयोगी समेत चालकले कार्यस्थलमा खटिँदा मदिरा सेवन गरे नगरेको पत्ता लगाउन बेथ्र लाइजर मेसिनको प्रयोग गरिने छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला भित्रने तथा बाहिरिने सवारी चालकले मदिरा सेवन गरी सवारी चलाएको नचलाएको भन्ने यकिन गर्न ब्रेथलाइजर मेसिनको प्रयोग गर्ने छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ब्रेथलाइजर मेसिन हस्तान्तरण गर्दै जिल्ला प्रहरी प्रमुख रवि रावल ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts