ताप्लेजुङ प्याब्सनको नवौं अधिबेशन सुरु,३४ औं प्याब्सन दिवस पनि आजै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २४ । निजी तथा आवासीय बिद्यालयहरुको छाता संगठन प्याब्सन ताप्लेजुङको नवौं अधिबेशन तथा ३४ औं प्याब्सन दिवस बुधवार इन्द्रेणी व्याडमिन्टन हलमा सुरु भएको छ ।

नयाँ नेतृत्व समेत चयन गर्नेगरी सुरु भएको अधिबेशन तथा साधारणसभाको फुङलिङ नगरप्रमुख अमिर मादेनले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा तथा राजनीतिक दलहरुकोतर्फबाट नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले सफलताको शुभकामना दिएका छन् । बुधवार प्याब्सनको स्थापना दिवस समेत भएकोले सोहि अवसर पारेर अधिबेशन सुरु भएको ताप्लेजुङ प्याब्सनका अध्यक्ष गणेश सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ,शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,फुङलिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेल,पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजम,प्याब्सनका केन्द्रीय सदस्य दिनेश भट्टराई,कोशी प्रदेश सल्लाहकार दिनेश प्रसाँई,प्याब्सन पाँचथरका अध्यक्ष चन्द्रप्रसाद भट्टराई,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य सहितले कार्यक्रम सफलताको शुभकामना दिनु भएको छ ।

कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपाने,फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिनका वडाध्यक्ष यज्ञप्रसाद लिम्बू,प्याब्सनका पूर्व केन्द्रीय सदस्य काजीमान पालुङ्वा र युवराज गिरी,पूर्व जिल्ला अध्यक्ष तथा नगर शिक्षा समिति सदस्य इन्द्रकुमार गुरुङ सहितको उपस्थिति रहेको थियो । कार्यक्रममार्फत गत बर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने लिटलबुद्ध बोर्डिङ स्कुलकी छात्रा सिक्कुम लिम्बू तथा उत्कृष्ट सेवा प्रदान गर्ने शिक्षक समेतलाई सम्मानित गरिएको छ । प्याब्सन दिवसको अवसरमा कार्यक्रम भएकोले संस्थागत बिद्यालयमा कार्यरत शिक्षकहरु समेतको भव्य उपस्थितिमा कार्यक्रम भएको जिल्ला प्याब्सनका उपाध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । जिल्ला प्याब्सनले बुधवारै नयाँ नेतृत्व चयन गर्ने समेत जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts