माघेनी मेलामा लिङखिम सिँवामा पुरुष तथा महिला फुटबल सञ्चालन हुँदै,बृहत्त साँस्कृतिक कार्यक्रम समेत तय

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २३ । माघे मेला सञ्चालन समितिले माघ १ गते देखि ३ गते सम्म ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम सिँवामा वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

सिँवामा लाग्ने माघेनी मेलालाई ऐतिहासिक मानिन्छ । खेल संयोजक दीपेन लिम्बूका अनुसार पुरुष फुटबलतर्फका बिजेताले नगद १ लाख १ हजार रुपैयाँका साथ तीनबर्षे रनिङ कप,मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद ५१ हजार रुपैयाँका साथ तीनबर्षे रनिङ कप,मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

खेल समितिका अर्का संयोजक बिशाल लिम्बूका अनुसार महिला फुटबलतर्फ प्रथम हुनेले नगद ३० हजार रुपैयाँका साथ तीनबर्षे रनिङ कप,मेडल र प्रमाणपत्र तथा द्धितीय हुनेले नगद २० हजार रुपैयाँका साथ तीनबर्षे रनिङ कप,मेडल र प्रमाणपत्र पाउने छन् ।

दुबै खेलतर्फ सर्वाधिक गोलकर्ता,उत्कृष्ट खेलाडी,उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेण्डरलाई बिधागत पुरस्कार समेतको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलाका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा बृहत्त साँस्कृतिक कार्यक्रम समेत हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts