|

‘दिलमयाको चिया दोकान’ भिडियो युट्युबमार्फत सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १६ । ताप्लेजुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका साहित्यकार टंक भट्टराईको शब्दमा रहेको “दिलमायाको चिया दोकान“ बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक भएको छ ! लोकप्रिय संगीतकार राजनराज सिवाकोटीको संगीत, लोकप्रिय गायिका मिलन नेवार र वरिष्ठ इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड तथा किशोर थापाले मिक्स/माष्टर गरेका छन् ।
ताप्लेजुङको फुङ्लिङ बजारको तमोर एफ.एम.अगाडि अवस्थित यो चिया दोकानको लोकप्रियता यसको स्वाद र यो गीतसँग जोडिएको छ । गीतको भिडियोमा नव कलाकारहरु नवीन भट्टराई, मारियम सिवा, निर्मला लाबुङ (मिरा), दिनेश लिङ्खिम लगायतले अभिनय गरेका छन ।
गीतको कोरियोग्राफी हीमा बराइली (बि बोइङ डान्स सेन्टर) ले गरेकी छन् । क्यामेरामा भूपेन्द्र योङ्हाङ र फुङ्सो जबेगु, मेकप आर्टिस्ट शान्ति ब्युटीपार्लर फुङ्लिङ बजार रहेका छन् । भिडियोको निर्देशन मिलन विश्वकर्माले गरेका छन् भने प्रोडक्सनको सम्पूर्ण जिम्मेवारी पाथीभरा क्रियसन हाउस प्रा.लि.का हर्कराज गुरुङले लिएका छन् ।
बदलिँदो समाजलाई हाम्रो मौलिक परिचय “चिया दोकान“ ले परिभाषित गर्ने हेतुले साहित्यकार भट्टराईले जुराउनुभएको नाम “दिलमायाको चिया दोकान“ ले नेपाली मौलिकता र राजनीति विश्लेषण गर्ने थलोको रुपमा परिभाषित छन् ।
अडियो भिडियोको निर्माणमा प्रजिन हाङ्बाङ, युवराज गिरी, लोकेश लिबाङ, काजी गुरुङ, हर्कराज पालुङ्वा, डम्बर लङ्वा, युवराज घोर्साइँ, राजेन्द्र पन्त, सुनील रेग्मी, आशिष केदेम, करण गौतम, रमला लिम्बू, सुरेन्द्र कार्की, मनिसा भट्टराई, कालिज कटेज, दिनेश लिङ्खिम, लेखक प्रशान्त, छेतेन शेर्पा, खगेन्द्र अधिकारी, एलिना दियाली, सन्तोष पुर्कुटी, सेविका (दिलमाया) लगायतको सहभागिता रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts