लागु औषध सहित ताप्लेजुङबाट तीनजना पक्राउ
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १४ । ताप्लेजुङ प्रहरीले प्रतिवन्धित लागु औषध सहित तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार उनीहरुलाई फुङलिङ नगरपालिका वडा नं ४ गोसलाईन क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिईएको हो । प्रहरी निरीक्षक शर्माका अनुसार पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं ४ का २१ बर्षिय सोनुहाङ लिम्बू,वडा नं ८ का २१ बर्षिय राम तामाङ तथा वडा नं ७ का २० बर्षिय सुमन तामाङ रहेका छन् ।
पक्राउ परेकामध्ये सोनुहाङको साथबाट १६ पिस ट्रामाडोल र स्पास्पेन १६ ट्याब्लेट फेला परेको छ । यस्तै सुमनको साथबाट २ पिस ट्रामाडोल र २ ट्याब्लेट स्पास्पेन फेला परेको समेत प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा २(ग) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको समेत प्रहरीले जनाएको छ ।