न्यायिक क्षमता अभिबृद्धिका लागि अभिमुखीकरण

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ५ । जिल्ला प्रशासन कार्यालय सहितका अर्धन्यायिक निकायहरुका कार्यालयमा कार्यरत कर्मचारीहरुको न्यायिक क्षमता अभिबृद्धिका लागि शुक्रवार ताप्लेजुङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीस विकास श्रेष्ठ र जिल्ला न्यायधिवक्ता महेश खत्रीले न्यायिक कार्य सम्पादनका बिभिन्न आयाम बारे प्रष्ट्याउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा फुङलिङ नगरपालिकाको न्यायिक समितिका संयोजक एवम् नगर उपप्रमुख भीमादेवी ओझा सहितको उपस्थिति रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय प्रमुख आयोजक रहेको कार्यक्रमको सह आयोजक जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ रहेको थियो । जिल्ला प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न सामुदायिक कार्यक्रममा सहभागिता जनाइरहेको छ ।