‘होप फर अल’द्धारा बर्षदिनको अवधिमा ९ मानिसको उद्धार
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २ । दुव्र्यसन तथा लागुऔषध रोकथाम तथा न्यूनीकरणमा क्रियाशिल संस्था ‘होप फर अल’ले ताप्लेजुङमा बर्षदिनको अवधिमा सडक मानव सहितका ९ जनालाई उद्धार गरी सामाजिक पुर्नस्थापनामा सहजीकरण गरेको छ ।
मदिरा,दुव्र्यसन तथा लागुऔषधमा फसेकाहरुलाई कूलतबाट हटाई सामाजिक पुर्नस्थापनाप्रेरित गर्दै आएको होप फर अलले स्थापनाकै एकबर्षमा सामाजिक सचेतीकरणमा योगदान दिएको हो । होप फर अल ताप्लेजुङका अध्यक्ष सागर विकका अनुसार सडक मानवको उद्धार गरी कतिपयलाई पारिवारिक पुर्नमिलन गराइएको छ भने कतिपयलाई सुधार केन्द्रमार्फत सामाजिक पुर्नस्थापनाका लागि प्रकृया अघि बढाईएको छ । उहाँका अनुसार यहाँको पाथीभरा याङवरक गाउँपालिका वडा नं १ नाङखोल्याङका छविलाल बर्देवालाई शुभारम्भ फाउन्डेसन उपचार केन्द्र झापामा पठाईएकोमा करिब ६ महिनासम्म सुधारगृहमा राखेर अहिले पारिवारिक पुर्नमिलन गराईएको हो । त्यस्तै एक भारतीय नागरिकलाई इटहरीको माया घर आश्रममा पठाइएको छ । दोभानबाट एक सडक मानवको उद्धार गरी माया घर आश्रम इटहरी नै पठाईएको छ ।
ताप्लेजुङबाटै बेपत्ता भएका काइला भनिने एक युवकलाई समेत मानव आश्रम भक्तपुरबाट फेला पारेर परिवारको जिम्मा लगाएको होप फर अलले जनाएको छ । यस्तै गोर्खाका मिनबहादुर नेपाली, फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमबाट उद्धार गरिएका राकेश दादुलाल, हरि लगायतका व्यक्तिलाई बिभिन्न सुधार केन्द्रमा पु¥याइएको छ । जाजरकोटका मानबहादुर विश्वकर्मालाई ताप्लेजुङबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको होप फर अलले जनाएको छ । होप फर अलमा आवद्ध युवायुवतीहरुले सवारी चालकहरुलाई लागु औषध भित्रन नदिन सचेत भइदिन समेत आग्रह गर्दै आइरहेको छ । उसले लागु औषध दुव्र्यसनको कुलतमा नफस्न बिभिन्न सचेतनामूलक तथा सरसफाईका कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ ।