आगलागीले ताप्लेजुङको फुङलिङमा एक घर जलेर नष्ट

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ मा आइतवार राति बिद्युत सर्ट भई आगलागी हुँदा एक घर ध्वस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार हाल धरान बसोबास गर्दै आउनु भएका महेन्द्र गुरुङको घर जलेर नष्ट भएको हो ।

महेन्द्र अहिले धरानमा बसोबास गर्दै आउनु भएको छ । उहाँको घरमा भने स्थानीय टीकामाया गुरुङ डेरा बस्दै आउनु भएको थियो ।

आगलागीबाट ढुङ्गा माटोले बनेको टीनको छाना भएको तीनतले घर नष्ट भएको छ भने पशु चौपाया र अन्नपात समेत जलेको छ । ताप्लेजुङ प्रहरीले क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । प्रतिकात्मक फोटो

Similar Posts