जिल्ला भेलाको पूर्व सन्ध्यामा राश्वपाद्धारा फुङलिङमा प्रर्दशन

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २९ । पार्टी सभापति रवि लामिछानेको रिहाईको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार ताप्लेजुङमा प्रर्दशन गरेको छ ।

पार्टी नेता एवम् प्रतिनिधिसभा सदस्य डाक्टर तोसिमा कार्की र तथा केन्द्रीय सदस्य रमेश प्रसाँई,कोशी प्रदेशका महामन्त्री लालविक्रम थापा सहितका नेताहरुको उपस्थितिमा राश्वपाले फुङलिङमा प्रर्दशन गरेको हो । राश्वपा ताप्लेजुङको प्रथम जिल्ला भेलाको पूर्व सन्ध्यामा उसले प्रर्दशन गर्दै पार्टी सभापति लामिछानेको रिहाईको माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाराबाजी गरेका राश्वपाका कार्यकर्ताले पार्टी सभापति लामिछानेमाथि सरकारबाट प्रतिशोधपूर्ण व्यवहार भइरहेको भन्दै आलोचना गरे ।‘रवि दाईलाई फसाउने,आफ्ना जति बचाउने भन्दै राश्वपा कार्यकर्ताले घण्टी सहित सहित प्रर्दशन गरेका हुन् । राश्वपाका जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठले प्रथम जिल्ला भेलामार्फत जिल्लागत जिम्मेवारी समेत प्रदान हुने जानकारी दिनुभयो ।

Similar Posts