त्रैमासिक कार्य सम्पादन नतिजा,ताप्लेजुङ कोशी प्रदेशमा छैटौं,देशभरमा ३१ औं स्थानमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २५ । गृह मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ कोशी प्रदेशभित्र छैटौं तथा देशभरमा ३१ स्थानमा पर्न सफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २९.५ पूर्णाङ्कमा २८.०२७ अंक प्राप्त गरेको छ । कोशी प्रदेश भरीमा तेह्रथुम जिल्लाको कार्य सम्पादन अंक सबैभन्दा राम्रो देखिएको छ । उसले २८.९५ अंक प्राप्त गरेको छ । प्रदेशभरीमा दोस्रो बनेको धनकुटाले २८.८२ अंक पाएको छ भने सुनसरीले २८.७० अंक पाएको छ । झापाले २८.५० अंक प्राप्त गर्दा इलामले २८.३६ अंक पाएको छ ।

कार्य सम्पादनमा देशभरमै पहिलो भएको डडेल्धुराले २९.०७५ अंक पाएको छ । अब बाँकी अवधिको कार्य सम्पादनमा समेत यस्तै नतिजा आए ताप्लेजुङको कार्य सम्पादन नतिजामा उल्लेखनीय सुधार हुने देखिएको छ । ताप्लेजुङमा गत कात्तिक १२ गते देखि नेत्रप्रसाद शर्मा पौडेलले प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिरहनु भएको छ । शर्मा आउनु भन्दा पहिले यहाँको प्रमुख जिल्ला अधिकारीमा रविन्द्रप्रसाद आचार्य रहनु भएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts