अन्तराष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्डकपमा तेल्लोक स्पोर्टिङ क्लवको कप्तानी अनुपले सम्हाल्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २३ । आइतवारबाट ताप्लेजुङको तेल्लोकमा हुने अन्तराष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्डकपमा आयोजक तेल्लोक स्पोर्टिङ क्लवबाट खेल्ने खेलाडीको नाम टुङ्गिएको छ ।
तेल्लोक स्पोर्टिङ क्लवले साँघुरीगढी फुटबल क्लवसंग उद्घाटन खेल खेल्ने छ । तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईका अनुसार आयोजककोतर्फबाट आइतवारको खेलको कप्तानी अनुप सेन्दाङले पाउनु भएको छ ।
टिममा पर्वत परा गोलरक्षक हुनुहुनेछ । टिममा सुनुयोजित लिम्बू,नबिन भुजेल,आशिष आङबुहाङ,सुमन गुरुङ,पवन नयोङहाङ,मञ्जित लिम्बू,दिपेश लिङखिम,शिशिर राई,अनिष्ट बिष्ट,रञ्जित मावो,सन्देश गुरुङ र रिकेश गुरुङ रहनुहुने छ । टिमको व्यवस्थापनको जिम्मेवारी डिल्ली गुरुङले पाउँदा जीवन इवाराम प्रशिक्षक रहनु हुने छ ।
आइतवारबाट सुरु हुने अन्तराष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला मंसिर २९ गते सम्म चल्ने छ ।