यसबर्षको संघीय मेला पुस १६ देखि १८ गते सम्म हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनको खाम्दिेनमा हुँदै आएको संघीय मेला अन्तरगत यसबर्षको मेला आउँदो पुस १६ देखि १८ गते सम्म हुने भएको छ ।
संघीय खेलकुद तथा साँस्कृतिक युवा क्लवको आयोजनामा अन्तर गाउँपालिका वडा स्तरीय पुरुष भलिबल खेल प्रतियोगिता सहितका कार्यक्रम हुने क्लवका अध्यक्ष उमेश अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार संघीय मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा साँस्कृतिक कार्यक्रम समेत हुने भएको छ ।