| |

धरानको गोधुली फुटबल क्लब फाइनल प्रवेश

-उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १९ । बुधबार भएको सेमिफाइनलमा जित निकाल्दै गोधुली फुटबल क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजंघा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । तेह्रथुमको सम्दु फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै सुनसरी धरानको गोधुली फुटबल क्लब फाइनल पुगेको हो ।
निर्धारित समयावधिमा समान चार–चार गोल बराबरी भएपछि खेल प्यानल्टी सुटआउटमा धकेलिएको थियो । प्यानल्टी सुटआउट (ट्राइबेकर) मा तेह्रथुमलाई पराजित गर्दै धरान फाइनलमा पुग्न सफल भएको हो ।
बिहीबार न्यू स्टार क्लब विर्तामोड झापा र रेड डेभिल्स माइजोगमाई इलामले प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल खेल्ने छन् । प्रतियोगिताको फाइनल भने शनिबार हुने आयोजक चासोक तङ्नाम सञ्चालन समितिले जनाएको छ ।
लिम्बू जातिको साँस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा आयोजना गरिएको प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख दुई हजार ८१ रुपियाँ नगद पुरस्कार पाउने छ । उपविजेताले एक लाख ५१ हजार ८१ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने समिति संयोजक चन्द्रकुमार थेबेले जानकारी दिनुभयो ।

Similar Posts