राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउँदै मेरिङदेन गाउँपालिका

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले बिभिन्न कार्यक्रममा साथ बिहीबार २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउने भएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार सान्थाक्राको सुलुम्फीस्थित जालपादेवी आधारभूत बिद्यालयको प्रांगणमा यस्तो कार्यक्रम हुने छ ।
शाहका अनुसार राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा पालिकाभर रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुकाबिच ‘स्वस्थ्य र सम्मुनत समाज निर्माणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका’बिषयमा वक्तृत्वकला प्रतियोगिता हुने छ ।
दिवसको अवसरमा डोरी तान्ने प्रतियोगिता दौड प्रतियोगिता र पालिकाका ६ वडै वडाका उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ ।