दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमीफाईनल समिकरण पूरा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १८ । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ ।

मंगलवार भएको अन्तिम क्वाटर फाईनलमा न्यू स्टार क्लव बिर्तामोड झापाले फिदिम स्पोर्टिङ क्लव पाँचथर बिरुद्ध २–१ जीत निकाल्दै सेमीफाइनलमा स्थान बनाएको हो । यो जीतसंगै न्यू स्टार क्लवले इलामको रेड डेभिल्स फुटबल क्लवसंग फाइनल यात्राका लागि भिडन्त गर्ने छ । सेमीफाइनल पुग्ने क्रममा न्यू स्टार क्लवका डानियलले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता बनाउनुभयो । तर उहाँले बनाएको गोलको अग्रता धेरै लामो टिकेन । मध्यान्तर हुनै लाग्दा फिदिमका लागि निर्देशन राईले गोल गर्दै टिमलाई बराबरीमा ल्याउनुभयो ।

बराबरी भएको खेलको मध्यान्तर पछिको खेलमा दुबै टिमले आक्रामक खेल खेले । खेलको अन्त्यतिर न्यूटारका लागि अरमानले गोल गर्दै आफ्नो टिमलाई जीत नजिक पु¥याउनुभयो । खेलमा फर्कने फिदिमको प्रयास असफल भएसंगै खेल न्यू स्टारले २–१ ले आफ्नो पक्षमा पा¥यो । न्यू स्टार डानियल र अरमान दुई बिदेशी खेलाडी सहितका उत्कृष्ट खेल खेल्ने खेलाडी प्रेरित टोली थियो । डानियल खेलको म्यान अफ द म्याच बनेर नगद ५ हजार हात पार्न सफल हुनुभयो ।

बुधवार हुने पहिलो सेमीफाइनलमा गोधुली फुटबल क्लव धरान सुनसरीको भिडन्त तेह्रथुमको सन्दु फुटबल क्लवसंग हुने छ । सम्दु पहिलो क्वाटर फाईनलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लवलाई सडनडेथमा पराजित गर्दै सेमीफाइनल पुगेको हो भने गोधुलीले दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको एकमात्र अन्तराष्ट्रिय टिम भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लवलाई २–० ले हराएर सेमीफाईनल पुगेको हो । प्रतियोगिताका बिजेताले तीन लाख दुईहजार ८१ रुपैयाँ तथा उपबिजेताले एकलाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts