टाईब्रेकरमा डाँगीहाट मोरङलाई हराउँदै रेड डेभिल्स इलाम कञ्चनजंघा गोल्डकपको सेमीफाइनलमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १६ । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा रेड डेभिल्स फुटबल क्लव इलाम सेमीफाइनल पुग्ने दोस्रो टोली बनेको छ ।

डाँगीहाट फुटबल क्लव मोरङलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै रेड डेभिल्सले सेमीफाईनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलेको निर्णय टाईब्रेकरबाट लिईएको थियो । मोरङका सुनिल खड्का र सञ्जय धिमालको प्रहार इलामका गोलरक्षक कुमार तामाङले गोल हुन दिएनन् । इलामका निशान्त राई टाईब्रेकरमा चुकेपनि इलामले डाँगीहाटलाई पराजित ग¥यो । इलामका लागि सुजन खजुम,शेखर राई,समिर खजुम र मिङ्मा गुरुङका प्रहार गोलमा परिणत भए ।

डाँटीहाटका रोमन भुजेल र कुमार तामाङका प्रहार गोलमा परिणत भएपनि दुईवटा टाईब्रेकर चुक्दा मोरङ खेल मैदानबाट बाहिरियो । पहिलो खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लवलाई सडन डेथमा हराउँदै तेह्रथुमको सम्दु फुटबल क्लव यसअघि नै सेमीफाईनल पुगी सकेको छ । प्रतियोगिताका बिजेताले तीन लाख दुईहजार ८१ रुपैयाँ तथा उपबिजेताले एकलाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन् । सोमवार तेस्रो खेलमा गोधुली फुटबल क्लव धरान सुनसरीको भिडन्त भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लवसंग हुने छ । मंगलवार न्यू स्टार क्लव बिर्तामोड झापाले पाँचथरको फिदिम स्पोर्टिङ क्लवसंग पहिलो चरणको अन्तिम खेल खेल्दै सेमीफाइनल समीकरण पूरा गर्ने छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts