सिकैचा उपनिर्वाचन: १२ बजे सम्ममा खस्यो ५३५ मत
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १६ । ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि सुरु भएको मतदानमा मध्यान्ह १२ बजे सम्ममा ५ सय ३५ मत खसेको छ ।
सिकैचाको उपनिर्वाचनमा १ हजार ५ सय २८ मतदाता रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङका अनुसार सरस्वती मावि कुञ्जारी मतदान स्थलमा ३ सय ३९ मत र दुर्गा मावि ओसे मतदानस्थलमा १ सय ६६ मत खसेको हो ।
सरस्वती मावि कुञ्जारी मतदान स्थलमामा १ हजार २६ र दुर्गा मावि ओसे मतदानस्थलमा ५ सय २ मतदाता रहेका छन् । प्रतिशतका हिसावले कुञ्जारी मतदानस्थलमा ३५ प्रतिशत र ओसे मतदानस्थलमा ३३ प्रतिशत मत खसीसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
५ राजनीतिक दलका ५ उम्मेदवार रहेको त्यहाँ नेपाली काँग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू,नेकपा एमालेका कुमारी साउदेन,नेकपा(माओवादी केन्द्र)का अम्बि साउदेन,राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बू उम्मेदवार छन् । ९० बर्षिया भागिरथा पौडेल ओसे मतदान स्थलमा मतदान गर्दै ।