फुङलिङमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत झण्डै ५ सयले लिए सेवा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १२ । ताप्लेजुङको फुङलिङमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको १० दिने शिविरमा करिव ५ सय जनाले सेवा लिएका छन् ।
अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्र्तगत भएको स्वास्थ्य शिविर तथा अपाङ्गता भएका व्यक्तिको पहिचान तथा परिचयपत्र बितरण शिविरमा ४ सय ९३ जनाले सेवा लिएका हुन् । फुङलिङ नगरपालिका तथा करुणा फाउण्डेसनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पहिचान पछि ९८ जना अपङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्रीको समेत पहिचान भएको गरिएको अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमका फुङलिङ नगरपालिका संयोजक चन्द्र थापाले जानकारी दिनुभयो ।
फुङलिङ नगरपालिकाको आर्थिक बर्ष २०८१।८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरक्षेत्रका ११ वटै वडामा गरिएको कार्यक्रममा सबैभन्दा बढी वडा नं ९ मा ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै वडा नम्वर १ मा ३२ जना,वडा नम्वर २ मा ७३ जना,वडा नम्वर ३ मा ५६ जना तथा वडा नम्बर ४ र ५ मा ४५ जनाको स्वास्थ्य परीक्षण पछि आवश्यकता पहिचान भएको छ । यस्तै वडा नम्वर ६ मा ३१ जना,वडा नम्बर ७ मा ४७ जना,वडा नं ८ मा ३९ जना, वडा नम्वर १० मा २७ जना र वडा ११ नम्वर वडामा ६२ जनाको स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान सहित परिचयपत्र वितरण गरिएको फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिनुभयो ।
शिविरसंगै रातो परिचयपत्र हुने ६५ जना,निलो परिचयपत्र हुने १ सय ५९ जना,पहेँलो परिचयपत्र हुने ७५ जना र सेतो परिचयपत्र हुने ५१ जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरिएको छ । शिविरममार्फत १ सय ४५ जनाले नयाँ परिचयपत्र प्राप्त गरेका छन् भने र पहिलेनै परिचयपत्र भएका २ सय ५ जनाको स्वास्थ्य परीक्षण, तथा आवश्यकता पहिचान गरिएको समेत ओझाले जानकारी दिनुभयो ।