|

होटल प्यारिजद्धारा साउना वाथ र स्टिम वाथ सेवा समेत सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ६ । ताप्लेजुङको फुङलिङ बजारमा सञ्चालित होटल प्यारिजले होटल सेवा संगै साउना वाथ र स्टिम वाथ सेवा समेत सुरु गरेको छ ।

होटल प्यारिजका प्रोपाईटर सविन बानियाँले होटल कक्षमै साउना वाथ र स्टिम वाथ सेवा सुरु गरेको जानकारी दिनुभयो । यस्तो सेवा पूर्वी नेपालमै कम रहेको र ताप्लेजुङकै पहिलो र एकमात्र रहेको बानियाँको दावी छ । साउना वाथ कक्षमा एकैपटक ४ जना सम्म बसेर सेवा लिन सकिने छ ।

स्टिम वाथमा ७ जना सम्म बसेर सेवा लिन सकिने प्रवन्ध गरिएको उहाँले जानकारी दिनुभयो । नेपाली नागरिकले साउना वाथ कक्षमा ४ जना बसेर एकैपटक सेवा लिए प्रतिव्यक्ति ५ सय र नेपाल बाहिरका बिदेशी नागरिकलाई प्रतिव्यक्ति ७ सय रुपैयाँ शुल्क तोकिएको बानियाँले जानकारी दिनुभयो ।

साउना वाथमा एक्लै बसेर सेवा लिएको खण्डमा भने उक्त व्यक्तिका लागि प्रतिपटक १ हजार ५ सय रुपैयाँ सेवा शुल्क लिइने छ । स्टिम वाथमा भने नेपाली नागरिकका लागि प्रतिव्यक्ति ५ सय र बिदेशी नागरिकका लागि प्रतिव्यक्ति ७ सय रुपैयाँ सेवा शुल्क निर्धारण गरिएको समेत बाँनियाले जानकारी दिनुभयो ।

साउना वाथ र स्टिम वाथ दुबै सेवा प्रदान हुने कक्ष आधुनिक र गुणस्तरीय प्रविधिको प्रयोग गरेर बनाईएको होटल प्यारिजले जनाएको छ । साउना वाथ र स्टिम वाथ दुबै सेवा लिने सेवाग्राहीका लागि आवश्यक पर्ने सबै सामग्री होटलबाटै उपलब्ध हुने छ । प्रोपाईटर बानियाँले साउना वाथ र स्टिम वाथ दुबै सेवा लिन सेवाग्राहीहरु धमाधम आउन थालेकोले आफुले समय तालिका निर्धारण गरी सेवा बितरण गर्दै आएको जानकारी दिनुभयो ।

सेवा लिएर फर्किनु भएका फुङलिङका व्यवसाय भद्रवीर रेग्मीले चिसोको असर समेत उक्त सेवाबाट हट्न सक्ने अनुभव सुनाउनुभयो । अर्का सेवाग्राही विकास गौतमले साउना वाथको पहिलो अनुभव सुनाउँदै तातो प्रविधिद्धारा पसिना जाने भएकोले जीउ समेत चङ्गा भएको अनुभूत गरेको बताउनुभयो ।‘तराईको गर्मीमा पसिना झरेजस्तो नभएर अर्कै आनन्द हुँदो रहेछ’सेवाग्राही दीपक गुरुङले भन्नुभयो ।

तातो कोठामा बसेर पसिना आउने प्रकृयाबाट स्वास्थ्य फाइदा प्राप्त गर्ने विधिलाई साउना वाथ भनिन्छ । फिनल्याण्डबाट सुरु भएको यो प्रविधि अहिले विश्वभर लोकप्रिय छ । साउनाको वातावरण सुख्खा हुने हुन्छ भने हावा(ह्युमिडटी) लगभग १० देखि २० प्रतिशत सम्म मात्र हुन्छ । लगभग २० देखि २५ मिनेट साउना वाथमा बस्ने गरिन्छ ।

स्टिम वाथ भनेको स्वास्थ्य र आरामका लागि गरिने थेराप्युटिक प्रकृया हो,जसमा तातो वाफको प्रयोग गरिन्छ । शरिरलाई आराम दिन र स्वास्थ्य सुधारका लागि स्टिम वाथको प्रयोग गरिन्छ । वाफले छालाका प्वालहरु खुल्ला गराएर शरिरका बिषाक्त चिजहरु शरिरबाट बाहिर निकाल्न मद्यत पुग्ने यसका प्रयोगकर्ताहरुको अनुभव छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts