छैटौं बज्रगुरु मन्त्रजप आउँदो चैत तेस्रो साता हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १ । विश्व शान्ति र मानव कल्याणको रक्षार्थ ताप्लेजुङको सुकेटारमा आउँदो चैत तेस्रो साता ताप्लेजुङमा छैटौं बज्र गुरु मन्त्र जप कार्यक्रम हुने भएको छ ।
बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिका अध्यक्ष भिक्षु थुप्तेन जिग्डोल(फुपु छेम्बे शेर्पा)को उपस्थितिमा शनिवार भएको भेलाले यसबर्षको बज्रगुरु मन्त्र जप आउँदो चैत २३ देखि २५ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । विभिन्न संस्थाहरुको बैठकले उक्त निर्णय गरेको नेपाल शेर्पा संघ ताप्लेजुङका अध्यक्ष पासाङरिता शेर्पाले जानकारी दिनुभयो ।
भौतिक सुख र आध्यात्मिक चिन्तन दुवैको गठजोडबाट मात्रै मनमा शान्ति मिल्ने उद्घोष सहित कोरोना समय बाहेक पछिल्ला समय ताप्लेजुङमा प्राय सालिन्दा बज्र गुरु मन्त्र जप हुँदै आएको छ ।