| |

कञ्चनजंघा (सेसेलुङ) गोल्डकप मङ्सिर १५ गतेदेखि

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ३० । ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजंघा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता गर्न लागिएको हो ।
चासोक तङ्नाम सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार लिम्बू समुदायको मौलिक तथा साँस्कृतिक पर्व चासोक तङ्नामलाई भव्य बनाउन फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ । जसमा स्थानीय एउटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत, वेष्ट बंगालको एक टोली रहने संयोजक थेबेले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख दुई हजार ८१ रुपियाँ र उपविजेताले एकलाख ५१ हजार ८१ रुपियाँ नगद पुरस्कार पाउने समितिका संयोजक कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिनुभयो ।
कोषाध्यक्ष मादेनका अनुसार प्रतियोगिता सम्पन्न करिव ५४ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । यता प्रतियोगिताकाबिच शान्तिश्री परियार, झुमा लिम्बू लगायतका राष्ट्रिय कलाकारको उपस्थितिमा साँस्कृतिक कार्यक्रम पनि आयोजना हुने समितिका सचिव अमर अन्छङ्बोले जानकारी दिनुभयो ।
सचिव अन्छङ्बोका अनुसार प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने छ । यता प्रतियोगिता आयोजकको भूमिकामा कञ्चनजंघा फुङ्लिङ क्लब र ङावोरक सङ्जुम्बो फुङ्लेङ नामक संस्था रहने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts