ताप्लेजुङको फुङलिङमा तीनदिने आँखा शिविर सुरु,पहिलो दिनमै ३५ जनाको आँखाको शल्यकृया गरिदैं

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २६ । ताप्लेजुङको फुङलिङमा सुरु भएको शल्यकृया सहितको तीनदिने निःशुल्क आँखा शिविरको पहिलो दिन सोमवार २ सय २८ जनाले आँखाको परीक्षण गराएका छन् ।

अपरान्ह सम्म १५ जनाको शल्यकृया गरिसकिएको छ भने सोमवार(आजै)अबेर सम्म्मा ३५ जनाको आँखाको शल्यकृया गरिसक्ने योजना रहेको मेची आँखा अस्पतालका नेत्र चिकित्सक डाक्टर समिर चापागाँईले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार शिविर बुधवार सम्म चल्ने छ । बुधवार सम्मै शल्यकृया सेवा समेत प्रदान गर्ने गरिने गुरुङले जानकारी दिनुभयो ।

मेची आँखा अस्पतालका आउटरिर्च अफिसर कविता कार्कीका अनुसार २६ देखि २८ गते सम्म फुङलिङमा आँखा शिविर सञ्चालन गरेपछि मेची आँखा अस्पतालको टोली शिविरका लागि पाँचथरको थर्पुमा पुग्ने छ । त्यहाँ कात्तिक ३० र मंसिर १ गते गरी दुईदिन शल्यकृया सहितको आँखा शिविर सञ्चालन हुने छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभान बजार र पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक बजारमा समेत आँखा शिविर सञ्चालनको तयारी भइरहेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिरको तेस्रो साता दोभान र यासोकमा शल्यकृया सहितको आँखा शिविर सञ्चालन हुनेगरी तयारी भइरहेको छ ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङको मुख्य व्यवस्थापन तथा सम्वन्धित स्थानीय तहको आर्थिक साझेदारीमा पाँचथरमा थर्पु र यासोकमा तथा ताप्लेजुङको दोभान बजारमा आँखा उपचार केन्द्र समेत सञ्चालन छन् । फुङलिङमा रहेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र भने नेत्रज्योति संघ ताप्लेजुङ आफैंले सञ्चालन गरेको आँखा उपचार केन्द्र हो । मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले सेवा फाउण्डेसन काठमाडौंसंगको सहकार्यमा आँखा शिविर सञ्चालन गरेको हो । शिविरका लागि हेल्पिङ हेण्ड सहयोगी संस्थाको रुपमा रहेको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts