तीर्थयात्रीलाई सहज हुने गरी पाथीभरा क्षेत्र विकास समितिद्धारा ठाउँठाउँमा सहायता कक्ष स्थापना

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ९ । पाथीभरा मन्दिरको मुख्य सिजनमा तीर्थयात्रीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले तोक्मेडाँडा, पुरानो बैंक लाईन, सुकेटार, काफ्लेपाटी, फेदी लगायतका क्षेत्रमा तीर्थयात्री सहायता कक्ष स्थापना गरेको छ ।

पाथीभरा मन्दिरमा आउनुहुने तीर्थयात्री महानुभावले यातायात,आवास सहितका विषयमा जानकारी लिन परेमा वा कुनै समस्यामा परे सहायता कक्षमा सम्पर्क गर्न सक्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। यसले तीर्थयात्रीलाई पाथीभरा यात्रामा सहजता प्रदान गर्ने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो ।

पाथीभरामा आउने तीर्थयात्रीको गुनासो नआउने गरी तयारी भएको र जनशक्ति समेत परिचालन भएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts