ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा मंगलवार एकैदिन पुगे ६ हजार ५ सय बढी तीर्थयात्री

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ६ । ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा मंगलवार यो सिजनकै सबैभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मंगलवार छ हजार पाँचसय १२ जनाले मन्दिरको दर्शन गरेका छन् । यसअघि गत कार्तिक ३ गते पांचहजार नौसय ८३ जनाले मन्दिरको दर्शन गरेका थिए ।

मेची राजमार्ग तथा तमोर करिडोर अवरुद्ध हुँदा नवरात्रको समयमा पनि पाथीभरा दर्शन गर्ने दर्शनार्थीको संख्या ज्यादै न्यून थियो । सडकक्षेत्र सञ्चालनमा आएसँगै पाथीभरा मन्दिर दर्शन गर्नेको संख्या ह्वात्तै बढेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts