मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता बालकको पनि शव भेटियो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १ । गत असोज १८ गते देखि मैवाखोला गाउँपालिकाको वडा नं २ खानीस्थित मैवाखोलामा बेपत्ता भएका अर्का बालकको समेत शव भेटिएको छ ।

बेपत्ता भएका ११ बर्षिय बालक सन्देश बराईलीको शव घटनास्थलबाट नजिकै सोहि खोलाको ढुङ्गाको च्यापमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नतेले जानकारी दिनुभयो । सन्देशसंगै बेपत्ता १२ बर्षिय आइतरानी शेर्पाको शव हराएको ११ दिन पछि भेटिएको थियो ।

आइतरानी,उहाँका दाजु कुशुले शेर्पा र सन्देश मैवाखोलामा पौडी खेल्न जानु भएको थियो । सोही क्रममा आइतरानी र सन्देशलाई खोलाले बगाएको थियो । कुशुलेले पौडिएर ज्यान बचाउन सफल हुनु भएको थियो । (फायल फोटो)

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts