नावालिकालाई जबरजस्ति करणी उद्योग गरेको अभियोगमा ताप्लेजुङमा एकजना पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १ । नावालिकालाई जबरजस्ति करणी उद्योग गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले ३७ बर्षिय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार ३७ बर्षिय अशोक कुरुम्बाङ पक्राउ पर्नु भएको छ । कुरुम्बाङ माथि असोज २७ गते साँझ १७ बर्षिय एक नावालिकालाई घरमा एक्लै भएको मौका पारी जबरजस्ति करणी उद्योग गरेको अभियोग रहेको छ ।

पक्राउ पर्नु भएका कुरुम्बाङ माथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको समेत प्रहरीले बताएको छ । (फायल फोटो) 

अरुलाई पनि शेयर गरौ !

Similar Posts