जोया ब्राण्डले लियो खेवाङ गोल्डकपमा ‘कि पार्टनर’को जिम्मेवारी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १४ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा आउँदो कात्तिक १० गते दखि हुने खेवाङ गोल्डकपको सातौं संस्करणमा ‘कि पार्टनर’को जिम्मेवारी जोया ब्राण्ड बिर्तामोडले लिने भएको छ ।

आयोजक खेवाङ स्र्पोटिङ क्लवका अध्यक्ष बिनम मावोका अनुसार गोल्डकपमा चाहिने जर्सी लगायतका अन्य सामग्री जोया ब्राण्डले सौजन्य गर्ने भएको हो । जोया ब्राण्डका सञ्चालक प्रेमकृष्ण श्रेष्ठ र खेवाङ स्र्पोटिङ क्लवकातर्फबाट अपिल राईले हस्ताक्षर गरी खेवाङ गोल्डकपमा जोया ब्राण्डले ‘कि पार्टनर’को भूमिका निभाउने सहमति भएको छ । कात्तिक १० देखि १५ गते सम्म हुने गोल्डकपमा आयोजक सहित ८ टीम सहभागी हुँदैछन् ।

जोया ब्राण्डले यसअघि गत भदौ ३ गते देखि ताप्लेजुङको फुङलिङमा भएको ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणमा पनि ‘कि पार्टनर’को जिम्मेवारी लिएको थियो । पछिल्लो समय जोया ब्राण्ड देशका बिभिन्न स्थानमा भएका फुटबल प्रतियोगितामा ‘कि पार्टनर’को भूमिकामा सहयोगी देखिएको छ । जोया ब्राण्डले बिदेशी ब्राण्डहरुलाई बिस्थापित गर्दै जर्सी,टि–सर्ट,ट्रयाकसुट लगायतका बिभिन्न कपडा उत्पादन गरी पूर्वी नेपाल लगायत देशका बिभिन्न स्थानमा बिक्री गर्दै आइरहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts