श्रमदानमा जुटे ताप्लेजुङका जनप्रतिनिधि,कतै काठेपुल निर्माण हुँदै,कतै पदमार्ग सफाई

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १० । ताप्लेजुङका बिभिन्न वडाका वडाध्यक्षहरु अहिले पदमार्ग देखि अस्थायी काठेपुल निर्माणका लागि श्रमदानमा जुटेका छन् ।

मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्वुका वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फे र कार्यपालिका सदस्य पासाङ शेर्पा सहितका जनप्रतिनिधिको अगुवाईमा थुकिमा र नाल्वु जोड्ने अस्थायी मोटरेवल काठेपुल निर्माण भइरहेको छ । मेरिङदेन गाउँपालिकाको वडा नं ५ थुकिमाको वरकदेन र वडा नं नाल्बु जोड्ने लङ्वा खोला माथि अस्थायी काठेपुल निर्माण भइरहेको छ ।

मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले पालिकाको स्काभेटर मेसिन र कर्मचारी सहितका जनशक्तिलाई श्रमदानमा पठाई स्थानीय समुदायका सदस्य र वडाध्यक्ष सहितका स्थानीय जनप्रतिनिधिको अगुवाईमा काठेपुल निर्माण भइरहेको जानकारी दिनुभयो ।

उता फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूको अगुवाईमा वडाका बिभिन्न स्थान पुग्ने पदमार्ग निर्माण तथा सफाई कार्य भइरहेको छ । चाडवाडका बेला मानिसहरुको आवतजावत समेत बढ्ने भएकोले पदमार्ग सफाई र मर्मतमा स्थानीय समुदाय समेतलाई सहभागी गराई श्रमदानमार्फत व्यवस्थापन भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts