वडाध्यक्षको अगुवाईमा पदमार्ग सफाईमा जुटे फुरुम्बुका बासिन्दा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ७ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुका बासिन्दा श्रममार्फत आ–आफ्नो टोल क्षेत्रमा रहेका पदमार्गको सफाईमा जुटेका छन् ।

वडाध्यक्ष सन्तोष लिम्बूको अगुवाईमा टोल सफाई अभियान सुरु गरिएको छ । नजिकिँदो चाडपर्व समेतलाई लक्षित गरी पदमार्ग सफाई अभियान सुरु गरिएको हो ।

वडाध्यक्ष लिम्बूले दैनिक आवतजावतलाई सहज बनाउन आ–आफ्नो टोल क्षेत्रमा रहेका पदमार्ग सफाईका लागि श्रममा आउन वडावासीहरुलाई आग्रह समेत गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts