ताप्लेजुङको हाङपाङ गैरी गाउँमा एकघरमा आगलागी,५ लाख मूल्य बराबर क्षति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ७ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा गएराति एक घरमा आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार हाङपाङ गैरीगाउँ बस्ने दुर्गाबहादुर आङवुहाङको ढुङ्गा,माटो र बाँस सहितले बनेको एकतले घरमा आगलागी भएको हो ।

घरका अभिभावक नभएको र बच्चाहरु मात्र रहेको समयमा आगलागी भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको जानकारी प्राप्त भएको समेत प्रहरीले बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts