| |

मैवाखोलाका वडामा माओवादीको नयाँ कमिटी गठन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ६ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका वडामा नेकपा (माओवादी केन्द्र) को वडा कमिटीहरु गठन भएका छन् । मैवाखोला गाउँपालिका वडा ४ साँघु र वडा ६ फाकुम्बामा वडा सम्मेलनमार्फत माओवादी केन्द्रको नयाँ वडा कमिटी गठन भएका हुन् ।
माओवादी केन्द्रको वडा ६ फाकुम्बामा शनिबार सम्पन्न दोस्रो वडा सम्मेलनले दारिन्जेन शेर्पा अध्यक्ष रहेको २१ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ । वडा कमिटी उपाध्यक्षमा दिपेश नेयोङ र पासाङ खाङ्डु शेर्पा, सचिवमा सुरज शेर्पा, सहसचिवमा फुर्वा नाम्गेल शेर्पा र कोषाध्यक्षमा टंकमाया लिम्बू चयन हुनुभएको छ ।
यस्तै वडा ४ साँघुमा गएको शनिबार सम्पन्न दोस्रो वडा सम्मेलनले प्रमिला शेर्पा अध्यक्ष रहेको नयाँ वडा कमिटी चयन गरेको छ । साँघुको वडा कमिटी उपाध्यक्षमा रीता शेर्पा र निमतेम्बा शेर्पा, सचिवमा विशाल शेर्पा, सहसचिवमा पुनम शेर्पा र कोषाध्यक्षमा आशमाया शेर्पा चयन हुनुभएको छ ।
दुई वटै वडाको सम्मेलन माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम लगायतको उपस्थितिमा सम्पन्न भएको बताइएको छ । यता शनिबार फाकुम्बामा सम्पन्न भएको वडा सम्मेलन कार्यक्रमकाबिच विभिन्न पार्टी परित्याग गरी डेढ दर्जन बढी संख्यामा माओवादीमा प्रवेश गरेका माओवादी केन्द्र जिल्ला कमिटी सदस्य तथा मैवाखोला वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts