|

संविधान दिवसको असवरमा अन्तर्क्रिया सम्पन्न

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ४ । ताप्लेजुङमा दसौँ संविधान दिवसको अवसरमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एशोसिएसन नेपाल ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङ्लिङमा शुक्रबार अन्तर्क्रिया सम्पन्न भएको हो ।
अन्तर्क्रियामा अधिवक्ता राम नेयोङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अधिवक्ता नेयोङले कार्यपत्रमार्फत नेपालको संबैधानिक विकासक्रम, नेपालको संविधानले ल्याएका प्रमुख परिवर्तनहरु, चुनौतीहरु, समाधान र निस्कर्षका विषयमा चर्चा गर्नुभएको थियो ।
अन्तर्क्रिया कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले आफ्नो धारणा राख्नुभएको थियो ।
यस्तै जनता समाजवादी पार्टीका सूर्य तमु, नेकपाका जिल्ला इन्चार्ज असल ‘सी’ पन्दाक, ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू, नेपाल बार एशोसिएसनका जिल्ला अध्यक्ष बलराम भट्टराई लगायतले अन्तर्क्रियामा धारणा राख्नुभएको थियो । अन्तर्क्रियामा धारणा राख्ने अधिकांस वक्ताले संविधानको सबैले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै संविधानमा केही संशोधन गर्नुपर्ने आवश्यक रहेको बताउँदै वक्ताहरुले कुनै राजनीतिक दलको स्वार्थ वा हितमा केन्द्रित रहेर संशोधन गर्न नहुने बताउनुभएको छ । कार्यक्रम जिल्लाका अग्रज अधिवक्ता वेदनिधि पौडेलको अध्यक्षता र अधिवक्ता ठाकुरसिंह साम्सोहाङको सञ्चालनमा भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts