पाथीभरा क्षेत्रको सेवारो चौक–काफ्लेपाटी सडक खण्डमा झरेको पहिरो पन्छाईयो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २७ । अविरल बर्षापछि झरेको पहिरोले अवरुद्ध ताप्लेजुङस्थित पाथीभरा मन्दिरतर्फ जाने सडक पहिरो पन्छाई सुचारु गरिएको छ ।

फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुको सेवारो चोकस्थित काफ्लेपाटी सडक खण्डको बाटोमा झरेको पहिरो पन्छाई यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतका अनुसार सुकेटार बिमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी टोली र स्थानीयको अगुवाईमा जेसिभी मेसिनमार्फत पहिरो पन्छाई अबरुद्ध सडक सुरु गरिएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts