ताप्लेजुङका बिभिन्न स्थानमा रहेका ‘सडक मानवहरु’को उद्धार गर्ने कार्यमा निरन्तरता

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २६ । ताप्लेजुङका बिभिन्न स्थानबाट सहयोगको अपेक्षामा रहेका सडक मानवहरुको धमाधम उद्धार गर्न थालिएको छ ।

लागु औषध दुर्व्यसन,कूलत र कुसंस्कार बिरुद्धको सामाजिक जागरण अभियानमा सक्रिय संस्था ‘होप फर अल’को बिशेष सक्रियतामा सडक मानवहरुको उद्धार गरी देशका बिभिन्न स्थानमा रहेका आश्रम तथा मनोसामाजिक परार्मश केन्द्रहरुमा पठाउन थालिएको हो । यसै क्रममा फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमस्थित एक ओढारमा बस्दै आउनु भएका भारत बिहार घर बताउने ४० बर्षिय राकेश श्रीवास्तवलाई ‘होप फर अल’को समन्वयमा भक्तपुरस्थित आफ्नो घर आश्रम नेपाल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार ति व्यक्तिलाई आश्रममा पुग्ने गरी ‘होप फर अल’का जिल्ला अध्यक्ष सागर विश्वकर्माको जिम्मा लगाईएको हो ।

ओढारमा बस्दै आउनु भएका श्रीवास्तवलाई फक्ताङलुङ गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयले प्रहरी चौकी सिँवासंगको समन्वयमा ओढारबाट उद्धार गर्नु भएको थियो । यसअघि मरिङदेन गाउँपालिकाको अगुवाई तथा होप फर अलको समन्वयमा दोभान बजारमा रहेका एक पुरुष र एक महिला सडक मानवलाई उद्धार गरी ईटहरी र काठमाडौंमा रहेका मनोसामाजिक परार्मश केन्द्रतर्फ पठाई सकिएको छ । होप फर अलले यसअघि पनि जिल्लाका बिभिन्न स्थानमा रहेका सडक मानवहरुलाई बिभिन्न आश्रम तथा मनोसामाजिक परार्मश केन्द्रमा पठाई सामाजिक जीवनमा फर्काउन भूमिका निर्वाह गरिरहेको छ

अरुलाई पनि शेयर गरौ !

Similar Posts