काठमाडौंबाट ताप्लेजुङको सुकेटारमा बुधवारका लागि पनि उडान तालिका तय

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २५ । तीन महिना पछि अघिल्लो साताबाट उडान सुरु गरेको नेपाल एअरलाइन्सले भदौ २६ गते बुधवारका लागि पनि काठमाडौं–ताप्लेजुङ–काठमाडौंको नियमित उडानको तालिका राखेको छ ।

नेपाल एअरलाइन्सका ताप्लेजुङ स्टेशन इञ्चार्ज नारायणकुमार कार्कीले बुधवार पनि उडान तालिका राखेको जानकारी दिनुभयो । गत जेठ ११ गते पछि गत बुधवार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भरेको नेपाल एअरलाइन्सले अहिले सातामा एकदिनका लागि काठमाडौं–ताप्लेजुङ–काठमाडौंको उडान तालिका तय गरेको छ ।

बुधवार काठमाडौंबाट ६ः१५ बजेका लागि उडान तालिका तय भएको नेपाल एअरलाइन्सको ताप्लेजुङ स्टेशनले जनाएको छ । यात्रुको चाँपका आधारमा उडान थप गर्ने योजनामा रहेको नेपाल एअरलाइन्सले बताएको छ । ताप्लेजुङ–काठमाडौं उडानका लागि हालको भाडादर प्रतिव्यक्ति ९ हजार ४ सय ७६ रुपैयाँ रहेको निगमले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts